रसियाले आम नागरिकलाई कोरोनाविरुद्धको भ्याक्सिन दिन थाल्यो

रसियाले आम नागरिकलाई कोरोनाविरुद्धको भ्याक्सिन दिन थाल्यो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । रसियाले आजदेखि आम नागरिकलाई कोरोनाविरुद्धको भ्याक्सिन दिन थालेको छ । सबैभन्दा पहिले कोरोनाविरुद्धको भ्याक्सिन घोषणा गरेको रसियाले स्पुतनिक-भी नामक भ्याक्सिन आम नागरिकले लगाउन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सुरुवाती चरणमा विभिन्न प्रकारका प्रश्न उठे पनि रसियाले आफ्नो बचाउ गर्दै प्रयोग गरेको छ । पहिलो चरणमा यो भ्याक्सिन राजधानी मस्कोका ४० हजार जनालाई दिने जनाइएको छ ।

रसियाले पहिलो र दोस्रोचरणको परिक्षण पछि आम नागरिकका लागि भ्याक्सिन बजारमा ल्याएको थियो । बिश्व स्वास्थ्य सगठनको प्रटोकल अनुसार भ्याक्सिन तेस्रो चरणको क्लिनिकल परीक्षण गर्नु पर्छ । तेस्रो चरणको परीक्षणले यसको साइड इफेक्ट्स र प्रभावकारिताका विषयमा जानकारी पाउन सकिन्छ । तेस्रो चरणको परीक्षणपछि सबै नतिजा ठिक भएमामात्र यसका सबै डाटाहरुको अध्ययन गरेर भ्याक्सिनलाई अन्तर्राष्ट्रियरुपमा मान्यता दिने गरिन्छ ।