सीमा विवाद अन्त्य गर्ने भारत-चीनबीच सहमति

एजेन्सी । भारत-चीन सीमा विवाद समाधान गर्न रसियामा भएको दुई देशका विदेशमन्त्रीस्तरीय वार्तामा ५ बुँदे सहमति भएको छ । गएराति भएको वार्तामा सहमति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच सीमा क्षेत्रमा तैनाथ हजारौ सैनिक कम गर्दै जाने सहमति भएको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ ।
सांघाई सहयोग संगठन (एससिओ)को बैठकमा भाग लिन मस्को पुगेका जयशंकर र वाङबीच दुइ घन्टा भन्दा बढी भेटवार्ता भएको थियो । भेटवार्तामा सैनिकको संख्या घटाउने, दुबै देशले सीमा क्षेत्रमा उचित दूरी बनाउने, विगतका सहमति पालना गर्ने, भारतले प्रतिबन्ध गरेका विभिन्न एप्सहरुसहित चीनविरुद्धका नीति परिमार्जन गर्ने र उच्चस्तरीय वार्ता गर्ने लगायतका सहमति भएको सञ्चारमाध्यमले जनाएका छन् ।
पछिल्लो समय ४५ वर्षपछि भारत चीन सम्बन्धमा दरार आएर सीमा क्षेत्रमा अघोषित युद्ध भइरहेको थियो ।

प्रतिकृया दिनुहोस्