पहिरोमा अभिभावक गुमाएका बालबालिका एसओएस बालग्राममा

काठमाडौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा अभिभावक गुमाएका बालबालिकाको पालनपोषण, संरक्षण र शिक्षाको जिम्मा एसओएस बालग्राम काभ्रेले लिएको छ ।
अभिभावक गुमाएका ७ जना बालबालिकाहरु २५ भदौमा एसओएस बालग्राम काभ्रे पुगिसकेका छन् । वडाअध्यक्ष प्रताप लामा एसओएस बालग्रामलाई बालबालिका जिम्मा लगाएका हुन् ।
सभामुख अग्नीप्रसाद सापकोटाको आग्रहमा एसओएस बालग्राम पनौतीका निर्देशक सुरेन्द्र अमगाईंसहितको टोली भदौ १६ गते जिल्लाको बाँसखर्क पुगेर वडा अध्यक्ष प्रताप लामासँग समन्वय गरी बालबालिकालाई एसओएस बालग्राम ल्याउने प्रक्रिया थालेको थियो । सबै प्रक्रिया पूरा भएपछि सात बालबालिकालाई पनौतीस्थित बालग्राममा ल्याइएको निर्देशक अमगाईंले जानकारी दिए ।
गत साउन ३० गते विहान लिदीमा गएको भीषण पहिरोमा अभिभावक गुमाएका १२ बालबालिकामध्ये १२ वर्ष माथिका ५ बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबासस्थलमै संरक्षक मार्फत सहयोग गरिने एसओएस बालग्राम पनौतिका निर्देशक अमगाईले जानकारी दिए ।
जुगल गाउँपालिका वडा नं. २ को लिदी पहिरोले ३७ घर पुरिंदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ । दुईजना अझै बेपत्ता छन् ।

प्रतिकृया दिनुहोस्