लुम्बिनी बौद्ध विश्वविद्यालयले परीक्षा सञ्चालन गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयले परीक्षा सञ्चालन गर्ने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रूपन्देही लुम्बिनी बौद्ध विश्वविद्यालयले भदौ २८ गतेबाट स्नातक र स्नातकोत्तर तहको परीक्षा गर्ने  भएको छ । कोरोना भाइरसका कारण दुई पटकसम्म स्थगित परीक्षा स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै सञ्चालन गर्ने विश्वविद्यालयले जनाएको छ । त्रिभुवन विश्वविद्यालय सहित अन्य विभिन्न विश्वविद्यालयले कोरोनाका कारण परीक्षा सञ्चालनमा अलमलिएको बेला लुम्बिनी बौद्ध विश्व विद्यालयले भने परीक्षा सञ्चालन गर्न लागेको हो ।

स्नातक तहमा विविटिटिएम, बिएएलएलबी, भोट भाषासहितका परीक्षाहरु हुनेछन् । स्नातकोत्तर तहका सबै विषयको परीक्षा हुन लागेको विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले जानकारी दिए । विद्यार्थीको भविष्यको ख्याल गर्दै स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न लागिएको उनले बताए ।

भदौं २८ गतेबाट दैनिक जसो हुने गरी परीक्षा तालिका सार्वजनिक गरिएको छ । बौद्ध विश्वविद्यालयले विए पहिलो सेमेष्टर, स्नातकोत्तर आर्काेजोलीको पहिलो समेष्टर, म्युजियोलोजीको पहिलो र तेस्रो, विएएलएलबीको पहिलो, विए भोट बुद्धिष्टको पहिलो समेष्टरको परीक्षा गर्न लागेको जनाएको छ । बिबिटिटिएम, विएएलएलबी, स्नातकोत्तर तहमा विश्वविद्यालयले परीक्षा गर्ने रजिष्टार आचार्यले बताए ।

काठमाण्डौैंमा रहेका विद्यार्थीलाई सोही स्थानमा तथा लुम्बिनी र बुटवल क्षेत्रमा रहेका विद्यार्थीलाई लुम्बिनीस्थित केन्द्रीय क्याम्पसमा केन्द्र तोकिएको छ । परीक्षार्थीलाई हरेक दिन मास्क, पञ्जा र स्यानिटाइजरको समेत व्यवस्थापन मिलाइएको छ ।