कोरोनाबाट बच्न बाणिज्य संघको तीन मिनेट अभियान

कोरोनाबाट बच्न बाणिज्य संघको तीन मिनेट अभियान
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खोटाङ । कोरोना भाइरस (कोभिड–१९)को महामारी नियन्त्रणका लागि उद्योग बाणिज्य संघ खोटाङले दिक्तेलबजारमा सचेतनामुलक अभियान थालेको छ । बिहिबारदेखि दिक्तेलबजारका घर तथा पसलमा पुगेर सचेतनामुलक कार्यक्रम सुरु गरेको हो । कोरोनाको संक्रमण फैलिन नदिनका लागि प्रत्येक घर तथा पसलमा कम्तीमा ३ मिनेट स्वास्थ्य सुरक्षा सचेतनाका विषयमा जानकारी दिइने उद्योग बाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले बताए ।

बाणिज्य संघले कम्तीमा ३ मिनेटभित्र ग्राहकसँग भौतिक दुरी कायम गर्न प्रत्येक पसलको ढोकामा अनिबार्य डोरी टाँग्ने, अनिबार्य मास्क प्रयोग गर्न लगाउने, तोकिएकोभन्दा बढि मूल्यमा मास्क विक्रीवितरण नगर्न आग्रह गरिरहेको छ । यस्तै, होटलमा ‘एक बेञ्चर टेवलमा एक ग्राहकलाई खानेवस्ने व्यवस्थाका लागि आग्रह गरिएको संघका अध्यक्ष राईले बताए ।