May 15, 2021, Saturday
२०७८ जेष्ठ १, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

दिनेश संचारगृहभित्र प्रवेश गरि पत्रकारलाई हमला

दिनेश संचारगृहभित्र प्रवेश गरि पत्रकारलाई हमला
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी ।  कैलालीको धनगढीमा रहेको दिनेश संचार गृहमा शुक्रवार १५,÷२० जनाको एक समुह आक्रमण गरेको छ । युवाहरुको हुल समाचार कक्षमै प्रवेश गरेर सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि अन्धाधुन्ध कुटपिट गरेको सम्पादक नवराज पनेरुले बताएका छन । उक्त समुहले व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिंहमाथि पनि हातपात समेत गरेको उनले बताए ।

दिनेश खवरमा धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने प्रकाशित समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै उनीहरु आक्रमणमा उत्रेका थिए । समाचार कक्षमा कुटपिटवाट पत्रकार बिष्ट घाइते भएका छन । पत्रकारमाथी कुटपिट गरिरहेको भिडियो फेसवुक लाईभ समेत गरेको थियो । सञ्चारगृहका प्रवन्ध निर्देशक गोपाल हमालले गुण्डाराजको पराकाष्ट भएको टिप्पणी गरे ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले दिएको जानकारी अनुसार दिनेश खवरले धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार प्रकाशन गरेका थिए । चोरी मुद्धामा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विक शौचालयमा मृत अवस्थामा फेला परेका थिए । उनको आत्महत्या नभै हत्या भएको दाबी आक्रमणकारीको रहेको बताइएको छ ।

आक्रमणको चौतर्फी विरोध

संचार गृहमा भएको हमलाको चौतर्फी बिरोध भएको छ । राजनीतिक दलका नेता, सासंद, मानव अधिकारवादी, नेपाल पत्रकार महासंघ, पत्रकारका बिभिन्न संगठन लगायत सर्वसधारणले समेत यो घटनाको बिरोध गरेका छन । नेपाल पत्रकार महासंघ प्रदेश समिति, नेपाल पत्रकार महासंघको जिल्ला शाखाले प्रेस बिज्ञप्ती जारी गरि आक्रमणकारीलाई तत्काल पक्राउ गरि कारवाही गर्न माग गरेको छ । सुदूरपश्चिम प्रदेश सभाका नेकपाका प्रमुख सचेतक तारा लामा घट्ना लगत्तै दिनेश संचार गृहमा पुगेका थिए । संचार गृहमा प्रवेश गरेर पत्रकारमाथी हातपात हुनु खेदजनक कार्य भएको र घटनामा संलग्नलाई कार्वाही गर्न माग गरेका छन् । समुहमा चिनिएका प्रमोद खड्का, कुवेर खड्का लगायत नाम सहित उल्लेख गरेर किटानी उजुरी दिइएको सम्पादक पनेरुले बताए ।  कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले संचारगृह र पत्रकार माथी आक्रमणमा संलग्नलाई पक्राउ गरेर कारवाही गरिने बताए ।