एकै दिन दुई बालबालिकाको मृत्यु

रौतहट । राजपुर नगरपालिका– १ पिपरा भगवानपुर गाउँका राम प्रवेश ठाकुरका डेढ वर्षका छोरा आदित्य ठाकुरको पानीमा डुबेर मृत्यु भएको छ । घरनजिकै कलधाराको पानी जम्ने खाल्डोमा डुबेर बालकको विहीवार साँझ मृत्यु भएको हो । पानीमा खेल्ने क्रममा बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यसै गरी रौतहटको फतुवा विजयपुर नगरपालिका– ६ मा एक बालिकाको छतबाट लडेर मृत्यु भएको छ । स्थानीय आनन्दी साहकी डेढ वर्षकी छोरी विनिता कुमारी साहको आफ्नै घरको छतबाट लडेर मृत्यु भएको हो । छतमा खेल्ने क्रममा बालिका छतबाट खसेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्