छुरा प्रहारबाट रौतहटमा एक पुरुष गम्भीर घाइते

छुरा प्रहारबाट रौतहटमा एक पुरुष गम्भीर घाइते
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रौतहट । राजपुर नगरपालिका–२ फतुवा महेशपुर गाउँमा एकजना पुरुषमाथि शुक्रवार बिहानै अन्धाधुन्ध छुरा प्रहार गरी हत्याको प्रयास भएको छ । एकाबिहानै खेतमा काम गर्न गएका ५४ वर्षीय सुरज मुखियामाथि अपरिचित व्यक्तिले छुरा प्रहार गरेको हो । अचानक छुरा प्रहार हुन थालेपछि प्रतिकार गर्दै चिच्याउन थालेपछि आक्रमणकारी फरार भएको थिए । छुरा प्रहारबाट गम्भीर घाइते मुखियालाई जिल्ला अस्पताल गौरमा प्राथमिक उपचार गरी थप उपचारको लागि वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता डिएसपि भरत श्रेष्ठले बताए ।