लुटपाट गर्ने ब्यक्ति पक्राउ

लुटपाट गर्ने ब्यक्ति पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रोल्पा । बिहीवार दिउसो पुर्बी रोल्पाको सुनिलस्मृती गाउँपालिका– ३ रुईनिबाङमा रहेको आईएमईबाट रकम झिकेर घर जादै गरेकी महिलाको पैसा लुटपाट गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लुंग्री गाउँपालिका– २ सिर्पकी ४० बर्षिया तीरमा पुनको श्रीमानले साउदीबाट पठाएको एक लाख अठार हजार झिकेर झोलामा राखी पसलमा सामान किन्दै गर्दा ब्यागबाट पैसा लुटिएको थियो ।

                रकम लुटेर फरार भएका लुंग्री गाउँपालिका– ५ बुझिङका १८ बर्षिय शिवे रोका क्षेत्रीलाई नियन्त्रणमा लिई अनुुसन्धान थालिएको छ । उनको साथबाट नगद एक लाख सोह्र हजार छ सय पचास रुपैयाँ समेत बरामद भएको रोल्पा प्रहरी प्रबक्ता शंकर खड्काले बताए । उनका अनुसार आईएमईको फुटेजबाट हेरी महिलाको पिछा गर्ने ब्यक्तिको पहिचान गरी खोजतलास गर्दै जाँदा सुलिचौर बजारबाट रोकालाई पक्राउ गरिएको थियो ।