पहिरोले घर पुरिदा दुई बच्चाको मृत्यु

पहिरोले घर पुरिदा दुई बच्चाको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दाङ । रोल्पाको लुङग्री गाउँपालिका १ ऐपेमा गएराति १२ बजेतिर घरगोठ माथिबाट ढुंगा सहितको पहिरो आउदा दुई बच्चाको मृत्यु भएको छ । ठुलो बर्षात पछि पहिरो घरगोठ माथि झरेको वडा अध्यक्ष मोति पुनले बताए । पहिरोले गोठ पुरिदा सुतिरहेका दुई बालकको मृत्यु भएको हो ।  

मृत्यु हुनेमा स्थानीय ज्ञानसि घर्तीमगरका ११ बर्षिय छोरा युबराज घर्ती र ८ बर्षिय छोरा अमर घर्ती छोरा रहेका छन् । प्रहरीका अनुसार हजुरबुवा, हजुरआमा र आमा सहित पाँच जना सुतेका मध्य ३ जनाको अबस्था सामान्य रहेको छ । मृतक बालकका बुवा ७ बर्ष अगाडी मजदुरी गर्न भारत गएको छन् ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय सुलीचौरबाट प्रहरी निरिक्षक सहदेब डाँगीसहितको टोली घटनास्थलतर्फ पठाईएको रोल्पा प्रहरी प्रमुख डिएसपि नबराज सुवेदीले बताए ।