बबई नदीमा एक जना बेपत्ता

बर्दिया । बर्दियाको बबई नदीमा शनिबार दिउसो १ जना बेपत्ता भएका छन् । गुलरिया नगरपालिका वडा नं. ५ का २२ वर्षीय सनी थारु नदीमा बेपत्ता भएका हुन् । नदीमा पौडी खेल्न गएपखि बेपत्ता भएका सनी थारुको खोजी कार्यका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको विपद् तालिम प्राप्त टोली बोट सहित परिचालित छन् । सशस्त्र प्रहरीले खोजी कार्य तीब्र पारेको एसपि एनबि रावतले बताए ।

प्रतिकृया दिनुहोस्