बुटवलमा कोरोना संक्रमणबाट एकको मृत्यु

बुटवल । बुटवलको कोरोना अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको ओमसतिया गाँउपालिका ५ का ४० बर्षीय पुरुषको उपचारकै क्रममा गएराती मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाले बताए ।
भदौ १४गते अस्पताल आएका उनको पछिल्लो ११ दिन देखि भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार भइरहेको थियो । भदौ १५ गते उनको रिर्पोट कोरोना पोजेटिभ आएको हो । ती पुरुषमा मधुमेहको समेत समस्या रहेको डा थापाले बताए ।
यससंगै बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा १५जना र लुम्बिनी प्रादेसिक अस्पतलामा ३ जना गरी १८ जना संक्रमितको उपचारकै क्रममा मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्