कोशी गाउँपालिका अध्यक्ष अन्सारीलाई ज्यान मार्ने धम्की दिने ठेकेदार पक्राउ

कोशी गाउँपालिका अध्यक्ष अन्सारीलाई ज्यान मार्ने धम्की दिने ठेकेदार पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुनसरी । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीलाई ज्यान मार्ने धम्की दिने भारतीय ठेकेदार पक्राउ परेका छन् । अन्सारीलाईं ज्यान मार्ने धम्की दिने भारत बीरपुरका ठेकेदार बब्लु भगतलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार राति अन्सारीलाई भगतले टेलिफोनमार्फत ज्यान मार्ने धम्की दिए ।

ज्यान मार्ने धम्की दिएको सूचना प्राप्त हुनासाथ सीमा नाकामा कडाई गरेर भगतलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापा बताए । गाउँपालिका अध्यक्ष अन्सारीका अनुसार ठेकेदार भगतसँग पुरानो चिनजान हो । भेटघाट हुँदा सम्मानपूर्वक व्यवहार पनि गर्थे । शुक्रबार राति एक्कासी फोन गरेर तथानाम गाली गर्दै बीच सडकमा ल्याएर गोली हान्ने धम्की दिएको अध्यक्ष अन्सारीले बताए । ठेकेदार भगत भारतीय नागरिक भएपनि कोशी प्रोजेक्टको ठेक्कामा काम गर्दै आएका छन् ।