प्रदेश १ मा तीनको मृत्यु, ७७ संक्रमित थपिए

प्रदेश १ मा तीनको मृत्यु, ७७ संक्रमित थपिए
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट थप तीन जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना संक्रमित ७७ जना थपिएका छन् ।

कोरोना संक्रमणबाट मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ । प्रदेशको मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

                मन्त्रालयका अनुसार मोरङको विराटनगरमा २१ महिला र २५ पुरुष, बुढीगंगामा ५ महिला ५ पुरुष, कटहरीमा ४ पुरुष, ग्रामथानमा १ पुरुष र सुन्दरहरैँचमा १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सुनसरीको इटहरीमा २ महिला ६ पुरुष, इनरुवा र धरानमा २–२ पुरुष, रामधुनी र दुहबीमा १–१ पुरुष र उदयपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय ९६ पुगेको छ । प्रदेश १ मा ३६ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५६ पुगेको छ ।