कोशी अस्पताललाई पिसिआर मेशिन हस्तान्तरण

विराटनगर । विराटनगर महानगरपालिकाको अगुवाईमा निजी क्षेत्रका उद्योगी ,व्यवसायी तथा विभिन्न संस्था तथा ब्यक्तिहरु मिलेर पिसीआर परिक्षणका लागि खरिद गरिएको आर.एन.ए. एक्स्ट्राक्सन मेसिन कोशी अस्पताललाई हस्तान्तरण गरिएको छ ।
निजी क्षेत्रले खरिद गरेर महानगरपालिकालाई प्रदान गरेको मेसिन महानगरपालिकाले कोशी अस्पताललाई हस्तान्तरण गरेको हो । पिसिआर परिक्षणका लागि सहज हुने मेसिन सञ्चालनका लागि विराटनगर महानगरका मेयर भीम पराजुली र कोशी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराईविच सम्झौतापत्रमा हस्ताक्षर समेत समेत भएको छ । कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.चुमनलाल दासले मेसिन सञ्चालन भएसंगै द्रुतगतिमा सेवा दिन सकिने बताए । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले दाताहरुले दिएको मेसिनको अधितम सदुपयोग गर्न र सेवा प्रवाह गर्न आग्रह गरेका छन् । हस्तान्तरण भएको पिसिआर मेसिन ३२ लाख पर्ने बताईएको छ ।

प्रतिकृया दिनुहोस्