स्वास्थ्यलाभको कामना र फुलफुल बाड्दै सुरक्षा प्रमुख संक्रमितको घरघरमा

स्वास्थ्यलाभको कामना र फुलफुल बाड्दै  सुरक्षा प्रमुख संक्रमितको घरघरमा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कपिलवस्तु  । स्वास्थ लाभको कामना र फुलफुल बाडदै जिल्ला सुरक्षा प्रमुख कोरोना संक्रमितको घरघरमा पुगेका छन । कोरोना संक्रमितलाई स्वास्थ्य लाभको कामना र उत्साह थप्न सुरक्षा निकायले फलफुल र स्वास्थ्य किट बाँडेका छन ।

                कपिलबस्तु जिल्ला प्रहरी कार्यालयको अगुवाईमा कपिलवस्तु नगरपालिका क्षेत्र भित्र रहेको कोरोना संक्रमितलाई आईसोलेसन र घरमै पुगेर भेटघाट गरेको हो । प्रजिअ दीर्घ नारायण पौडेल, प्रहरी उपरीक्षक नमराज अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक धु्रब कार्की, अनुसन्धान प्रमुख जयेन्द्र उपाध्यायले तौलिहवास्थित महिला तथा बालबालिका कार्यालय आइसोलेसन र होम आईसोलेसनमा रहेका ३१ जनाालई फलफुल र स्वास्थ्य किट बाँडेका थिए । परिवारका संक्रमण भएका सदस्यलाई भेटि स्वास्थ्य लाभको कामना गर्दै फलफुल र स्वास्थ्य किट प्रदान गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

कलिबस्तुमा एक हजार २३० जनामा कोरोना संक्रमण देखिएकोमा एकसय ५९ सक्रिय संक्रमित छन ।