श्रमिकलाई सहयोग गर्ने मनकारी ब्रिटिस लाहुरे

श्रमिकलाई सहयोग गर्ने मनकारी ब्रिटिस लाहुरे
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । लकडाउन र निषेधाज्ञाले आर्थिक समस्या खेपिरहेका यातायात  र अन्य श्रमिकलाई भूतपूर्व ब्रिटिस आर्मी डिल्ली तुम्रोकले आर्थिक सहयोग गरेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय कमिटीका अध्यक्ष भीमज्वाला राईमार्फत तुम्रोकले पठाएको रकम टेम्पो चालकहरु ललित सुनुवारलाई सात हजार ५ सय, महिला टेम्पो चालक शान्ति क्षेत्रीलाई ५ हजार, चालक राधेश्याम श्रेष्ठलाई २ हजार ५ सय र घरनिर्माण मजदुरहरु कमानसिं तामाङ र झम्कमायाँ सुनुवारलाई जनही २ हजार ५ सयका दरले सहयोग हस्तान्तरण गरिएको हो ।

समाजसेवी तुम्रोकले पठाएको २० हजार रुपैया नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले अति संकटमा परेका ३ जना यातायात श्रमिकहरु र २ जना घर निर्माण गरेर गुजारा चलाउने श्रमिकलाई सहयोग प्रदान गरेको हो ।

चालक ललित सुनुवारको घर भाडा तिर्न नसक्दा घर धनीले प्रहरी लगाएको र अन्य श्रमिकको घरमा चुलो बल्न छाडेको समाचार नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको पहलमा विभिन्न समाचार माध्यमहरुमा प्रकासन भएपछि आफुले थोरै भएपनि सहयोग गर्न चाहेको कुरा समाजसेवी तुम्रोकले बताए । उनले भने श्रमिकहरुको काममा निरन्तर लागिरहेका संगठनका अध्यक्ष राईलाई सम्पर्क गरेर श्रमिकहरुलाई सहयोग हस्तान्तरण गरेके तुम्रोकले बताए । श्रमिकहरुको घाउमा मलहल्म जस्तै भएको बताएका छन् । राहत ग्रहण गर्दै यो सहयोगले केही मात्रामा भएपनि तनाव हल्का भएको चालक ललित सुनुवारले बताए उनले भने सहयोग पठाईदिने समाजसेवी तुम्रोकलाई धन्यवाद दिए ।
     त्यस्तै घरमा खाद्यान्न अभाव भईरहेको समयमा विदेशमा बसेर पनि हामीलाई सहयोग गर्नुहुने डिल्ली तुम्रोकलाई शान्ति क्षेत्रीले धन्यवाद दिए । उनले भने आफु अस्वस्थ भएपछि टेम्पो समेत चलाउन नसकेर नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको प्याड काट्ने काम गरिरहेको अवस्थामा लामो बन्दाबन्दीले घर चलाउन समस्या भईरहेको छोरीको कलेको शुल्क बुझाउन नसकिरहेको अवस्थामा यो सहयोगले राहत महसुस भएको बताईन् ।घर निर्माण काम गरेर जीवन चलाईरहेका कमानसिं तामाङ विरामी भएर थलिएपछि घर चलाउन समस्यामा परेका थिए उनलाई घरमै पुगेर सहयोग गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए ।