May 15, 2021, Saturday
२०७८ जेष्ठ १, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

बैतडीमा दादुरा–रुबेलाका बिरामी फेला

बैतडीमा दादुरा–रुबेलाका बिरामी फेला
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बैतडी । बैतडीमा दादुरा र रुबेलाका बिरामी फेला परेका छन् । पाटनमा  र देहीमाण्डौमा दादुरा–रुबेलाका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पाटनमा दुई जना र दशरथचन्द नगरपालिका–२ देहीमाण्डौमा एक जना दादुरा–रुबेलाको संक्रमण देखिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए । देहीमाण्डौका २ वर्षीय बालकमा रुबेलाको संक्रमण देखिएको छ भने पाटन नगरपालिका–४ का ४ वर्षीय बालक र पाटन नगरपालिका–६ की १८ वर्षीया किशोरीमा दादुरा देखिएको उनले बताए ।

दादुरा–रुबेला देखिएका दुवै ठाउँमा स्वास्थ्यकर्मीले उच्च सतर्कता साथ उपचार गरिरहेको खोपसुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए । दादुरा–रुबेलाका  देखिएका ठाउँका अन्य बालबालिकाहरुमा पनि यस्तो लक्षण देखिए नदेखिएको बारेमा स्वास्थ्यकर्मीले अध्ययन गरिरहेका छन् ।

खोप लगाएर पनि दादुरा–रुबेला संक्रमण देखिएकाले यसको विषयमा अध्ययन भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । बालबालिकाहरुलाई दादुरा–रुबेला रोगबाट बचाउन जन्मेको ९ महिनामा पहिलो पटक र १५ महिनामा दोश्रो पटक दादुरा–रुबेला खोप लगाउने गरिन्छ ।