समुदाय स्तरमा कोरोना, होलेरीमा लकडाउन

समुदाय स्तरमा कोरोना, होलेरीमा लकडाउन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रोल्पा । रोल्पाको होलेरी बजारमा लकडाउन गरिएको छ । शनिबार आठ जनामा कोरोना संक्रमण पुष्टी भएपछि लकडाउन गर्ने निर्णय गरिएको हो । प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाका अनुसार कन्ट्रयाक्क ट्रेसिङ गरेर अर्को नतिजा नआउँदा सम्म लकडाउन गरिएको हो । संक्रमण समुदायस्तरमा फैलिन सक्ने जोखिम बढेकाले कडाईका साथ लकडाउन गरिने प्रमुख जिल्ला अधिकारी रानाले बताए ।

                रुन्टीगढी गाउँपालिकाको होलेरीमा भेटिएका संक्रमित मध्ये पाँच जना भारतबाट आएर क्वारेन्टाईनमा बसेका हुन् । एक जना काठमाण्डौबाट सरुवा भएर आएका नेपाल प्रहरी हुन । उनी क्वारेन्टिनमा बसेका छन् । त्यसैगरि बैङ्कका कर्मचारी र चिया पसल गर्ने ब्यापारीलाई पनि कोरोना संक्रमण रहेको प्राथमिक स्वास्थ्य केन्द्रका डा. आधार वलीले बताए ।