बर्दियाको नेपाल–भारत सीमावर्ती क्षेत्रमा काठ तस्करी

बर्दियाको नेपाल–भारत सीमावर्ती क्षेत्रमा काठ तस्करी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बाँके । बर्दिया जिल्लाको नेपाल र भारतका सीमा क्षेत्रका जंगलवाट रातारात वन फँडानी गरि काठ तस्करी भईरहेको  पाईएको छ ।

सशस्त्र प्रहरीको ३१ नम्बर गणबाट खटिएको टोलीले राजापुर नगरपाकिाको सीमावर्ती गाउँबाट ठूलो परिमाण शुक्रबार सिसौ र खयरको अबैध गोलीया बरामद गरेपछि सीमा क्षेत्रमा व्यापक काठ तस्करी भईरहेको तथ्य खुलेकोे हो । यस्तै गुलरिया आईतबार राती गुलरिया नगरपालिका गोडियन पुरवाबाट गाडेर राखेको अबैध ६ वटा सालका गोलीया बरामद गरेको सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरीले राजापुर नगरपालिकाको मुर्गहवा  र दौलतपुरवाट १ सय ३४ क्यूफुट टोली खेतमा लुकाई छिपाई राखेको अबस्थामा साल र  सिसौका गोलीया प्रहरीले बरामद गरेको थियो ।

बजार मूल्य चार लाख बराबर काचो साल काठ बरामद गरेपछि उक्त क्षेत्रवाट काठ तस्करी हुने गरेको तथ्य खुलेको हो  । सीमा क्षेत्रमा दर्जनभन्दा बढी काठका मिलमा चोरीका काठ पुग्ने गरेको स्रोतका दाबी छ । विशेष सूचनाका आधारमा राजापुरबाट खटिएको बिओपीको टोलीले राजापुर नगरपालिका भित्र पर्ने मुर्गहवा र दौलतपुरबाट लुकाई छिपाई राखेको अबस्थामा  काठ बरामद गरेको एसएसपि नरबहादुर रावतले बताए । नेपाल भारतको सीमा क्षेत्र पर्ने बढैयातालको जमुनि,मधुवन नगरपालिका सीमावर्ती गाउँ र राजापुर नगरपालिका काठको तस्करी हुने मुख्य नाका हुन ।