मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । विराटनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । शनिबार मोटरसाइकलको ठक्करबाट घाइते भएकी विराटनगर–१३ की ४० बर्षीया मीरा ठाकुरको उपचारका क्रममा आइतबार मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । ‘तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिई घाइते भएकी ठाकुरको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेश पोद्दारले बताए । विराटनगर–८ का १९ वर्षीय जीयालाल राजवंशीले चलाएको को ७ प ५३३१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको दिएको थियो । मोटरसाइकल चालकसँग सवारी चालक अनुमतिपत्र नभएको हुँदा नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको उनले बताए ।  विराटनगर–१० शान्ति चोकमा तीव्र गतिमा रहेको मोटरसाइकलले महिलालाई शनिबार दिउँसो १ बजे ठक्कर दिएर घाइते बनाएको बताए