प्रदेश १ मा ४६ संक्रमित थपिए

प्रदेश १ मा ४६ संक्रमित थपिए
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । प्रदेश १ मा आइतबार ४६ संक्रमित थपिएका छन् । मोरङमा ४१, खोटाङ, उदयपुर र झापा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १८ महिला र २० पुरुष, धनपालथानमा २ पुरुष, कटहरीमा १ पुरुषमा कोरोना पुष्टि भएको छ । खोटाङको साकेला गाउँपालिकामा १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष, झापाको शिवसताक्षीमा १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ४२ पुगेको छ । प्रदेश १ मा ७ जना डिस्चार्ज भएका छन् । उनीहरू मेची अस्पताल झापाबाट डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६३ पुगेको छ ।

प्रदेश १ मा ५ सय ४७ जनाको पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २० महिला र २६ पुरुषमा कोरोना पुष्टि भएको हो ।