May 15, 2021, Saturday
२०७८ जेष्ठ १, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

फेसबुकको झगडामा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाईते

फेसबुकको झगडामा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाईते
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चरिकोट । फेसबुकको बिषयमा भएको झगडाले दाेलखा जिल्लाको भीमेश्वर नगरपालिका ४ जिलुमा श्रीमतीले श्रीमानलाई खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएकी छिन् ।  भीमेश्वर–४ जिलुकी २४ बर्षिया अप्सरा चौलागाईले आफ्ना २६ बर्षिया श्रीमान भरत चौलागाईलाई आईतबार एका बिहानै घरमा खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएकी हुन् ।

                गर्दनमा खुकुरी लागेका भरतको अवस्था गम्भीर छ । उनलाई चरिकोटस्थित प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि हेलिकप्टरबाट राजधानी लगिएको छ । अप्सराको समेत हातमा खुकुरीको गहिरो चोट लागेको छ । हातको नशा काटिएकी उनको चरिकोटमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

                प्रहरीले घटनास्थलबाट फुटेको अवस्थामा मोबाईल फेला पारेको छ । मोबाईल फुटेका कारण फोन वा फेसबुकको बिषयलाई लिएर श्रीमान श्रीमतीको झगडा परेको र श्रीमतीले खुकुरी प्रहार गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

                जिल्लाका प्रहरी प्रमुख डिएसपी रेवतिरमण पोखरेका अनुसार खुकुरी प्रहार गर्ने श्रीमती समेत घाईते अवस्थामा अस्पतालमा रहेकाले बयान लिन सकिएको छैन् ।