स्याबास हेलम्बु गाउँपालिका र जनप्रतिनिधी, सुत्केरीको ज्यान बच्यो

स्याबास हेलम्बु गाउँपालिका र जनप्रतिनिधी, सुत्केरीको ज्यान बच्यो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको पहलमा मृत शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ ।

हेलम्बु–७ मा रहेको इचोक बर्थिङ सेन्टरमा शनिबार दिउँसो २ः३०मा सुत्केरी भएकी महिलाको अत्यधिक रक्तस्राव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्था भये । त्यही भएर आइतबार साँझ मनाङ एयर हेलिकप्टरमार्फत काठमाडौं लगिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत सुत्केरी हेलम्बु–१ की पेमा लामाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देलले जानकारी दिए । गतहप्ता पनि हेलम्बु–१ की फुर्बा डोल्मा लामाले जन्माएको बच्चाले श्वास आफै फेर्न नसकेपछि गाउँपालिकाले आफ्नै खर्चमा हेलिकप्टरमार्फत उद्धार गरेको थियो । आफ्ना नागरिकको जीवन रक्षाका लागि स्थानीय सरकार जुनै समय पनि तयार रहेको अध्यक्ष शेर्पाले बताए ।