अग्नि पीडितलाई फुङ्लिङ नगरपालिकाले क्षतिपुर्ति बाड्यो

अग्नि पीडितलाई फुङ्लिङ नगरपालिकाले क्षतिपुर्ति बाड्यो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङका अग्नि पीडितलाई सोमवार फुङ्लिङ नगरपालिकाको बिपद् व्यवस्थापन कोषबाट दामासाहीले क्षतिपूर्ति बापतको रकम बितरण गरिएको छ ।

पाथीभरा दर्शन केवलकार प्रालि,ताप्लेजुङ सरोकार केन्द्र काठमाडौ,मञ्च सम्द्ध संघीय लिम्बूवान राज्य परिषद्को दक्षिण कोरिया जनसम्पर्क समिति र सुनसरी– ताप्लेजुङ सम्पर्क केन्द्र लगायतका दाताहरुबाट संकलन भई नगरपालिकाकाको कोषमा जम्मा भएको रकम क्षतिका आधारमा बितरण गरिएको हो । फुङ्लिङ नगरपालिकाका लेखा अधिकृत तेजेन्द्र तामाङले आलगागिबाट भएको क्षतिलाई आधार मानेर क्षतिको आधारमा नगरपालिकाको कोषमा जम्मा भएको रकमलाई दामासाही रुपले बितरण गर्न सुत्र प्रयोग गरी क्षतिपूर्ति रकमको अंक निर्धारण गरिएको जानकारी दिए । फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलका अनुसार यो राहत नभई क्षतिपूर्ति बापतको रकम भएकोले अग्नि पीडित परिवारका प्रतिनिधिसँगको सुझावका आधारमा क्षतिका आधारमा रकम बितरण गरिएको जानकारी दिए । नगरपालिकाका अनुसार सबैभन्दा बढी क्षति भएका पीडितले २ लाख २० हजार ६९९ रुपैंया र सबैभन्दा कम क्षति हुनेले ७ सय ३६ रुपैंया सम्मको क्षतिपूर्ति पाएका छन् । नगरपालिकाले अग्नि पीडितलाई सोमवार ९ लाख ५७ हजार १५६ रुपैंया क्षतिपूर्ति रकम बितरण गरेको जनाएको छ । प्रदेश सांसदद्धय बलबहादुर साम्सोहाङ र बिष्णुमाया तुम्बाहाङ्फे, जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, फुङ्लिङ नगरप्रमुख प्याकुरेल, उपप्रमुख बमबहादुर भट्टराई(तारा),प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँई, फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीकुमार कार्की सहितको सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा क्षतिपूर्ति रकम बितरण गरिएको छ । २०७७ साल चैत १९ गते फुङ्लिङस्थित ट्याक्सी लाइन क्षेत्रमा भएको आगलागिबाट ७ घर पूर्ण रुपमा ध्वस्त भएका थिए । साढे ८ करोड बढीको क्षति भएको थियो ।