वीपीमा मोरङका ४० बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा फेरि मोरङका एक कोरोना संक्रमित पुरुषको निधन भएको छ ।
मोरङको धनपालथान ६ का ४० बर्षीय पुरुषको हिजो (आइतबार) राती ८ बजेर ४५ मिनेटमा निधन भएको प्रतिष्ठानले जनाएको छ । प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतक वीपीकै अर्थो अब्जरवेसन वार्डमा उपचारको क्रममा रहदा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई कोभिड अस्पतालमा सारिएको थियो ।
प्रवक्त डा.सापकोटाका अनुसार मृतकलाई भदौ २६ गते कोरोना पुष्टि भएको थियो भने सोही राती साढे १० बजे कोभिड अस्पतालमा सारिएको थियो । मृतकलाई कुनै पनि दीर्घ रोग नभएको प्रतिष्ठानले जनाएको छ । मृतकको शव व्यवस्थापन नियमअनुसार भइरहेको प्रवक्ता डा.सापकोटाले जानकारी दिए । यसअघि हिजो(आइतबार) नै दिउँसो २ बजेर २० मिनेटमा मोरङकै विराटनगर १२ का ७० बर्षीय वृद्धको पनि कोडिभ अस्पतालमा निधन भएको थियो ।

प्रतिकृया दिनुहोस्