प्रदेश १ मा ८७ कोरोना संक्रमित थपिए

मोरङ । कोरोना भाइरस (कोभिड १९) संक्रमित ८७ जना सोमबार प्रदेश १ मा थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा २ , उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको कटहरीमा २ महिला १३ पुरुष, विराटनगरमा १ महिला १३ पुरुष, बुढीगंगामा ५ महिला ८ पुरुष, ग्रामथानमा २ महिला ५ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदामा १ पुरुष र स्थानीय तह नखुलका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा १ महिला १३ पुरुष, धरानमा २ महिला २ पुरुष, इटहरीमा २, भोक्राहानरसिंहमा २, दुहबीमा १ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै झापाको कमलगाउँपालिकामा १ महिला १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरका ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय २९ पुगेको छ ।
प्रदेश १ मा १५ जना डिस्चार्ज भएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना र न्यूरो अस्पताल विराटनगरबाट ७ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्