प्रहरीकै अगाडी गोली चल्यो, विराटनगरका युवालाई जोगबानीमा गोली प्रहार

प्रहरीकै अगाडी गोली चल्यो, विराटनगरका युवालाई जोगबानीमा गोली प्रहार
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । भारतको जोगबनीमा नेपाली युवामाथि आइतबार गोली प्रहार भएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेर मानिसको आवतजावतलाई पूर्णरूपमा रोक लगाइएको छ ।

सीमा क्षेत्रको दशगजा नजिकै भारततर्फको भूमिमा विराटनगर–१२ रोडशेष चोकका २४ वर्षीय बासु भन्ने दीपक मण्डललाई गोली प्रहार भएको नेपाल प्रहरीले जनाएको छ । मण्डल नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर–१७ मटेरुवा नाका हुँदै आइतबार दिउँसो ३ बजेतिर भारतको जोगबनी गएका थिए । जोगबनी पुगेको केही समयमै दायाँ खुट्टामा गोली प्रहार भयो । सीमा क्षेत्रको विभिन्न ठाउँमा ‘पिकेट’ राखेर दुवै प्रहरीले गस्ती गर्ने गरिए पनि प्रहरीलाई छल्दै भारततर्फ गएका मण्डलमाथि विवाद गर्दै भारतीय युवाको समूहले गोली प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ ।

घटना हुनुअघि दशगजा नजिकै भारततर्फ जोगबनीका अन्दाजी २५÷३० वर्षीय मुकेश यादव,  केही साथीहरूसँग क्यारम खेलेर बसिरहेको र पुग्नसाथ विवाद गरेर आफूमाथि यादवले गोली प्रहार गरेको मण्डलले प्रहरीलाई बताएका छन् ।

‘गोली प्रहारबाट मण्डलको दायाँ खुट्टाको औंलामा प्वाल परेको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले ‘सीमामा आवतजावतमा ठप्प बनाइएको अवस्थामा सुरक्षाकर्मीलाई छल्दै मण्डल किन भारततर्फ गएभन्ने बारेमा पनि अनुसन्धान थालेका बताए ।

                प्रहरीले फेला पार्दा उनी लागुऔषधकै नशामा रहेको र आफूले लागुऔषध कोरेक्स सेवन गरेको प्रहरीलाई बताएका छन् ।