सांसद थापामाथि आक्रमणको प्रयास

सांसद थापामाथि आक्रमणको प्रयास
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सर्खेत । कर्णाली प्रदेशका सांसद सुशिल थापामाथि आक्रमणको प्रयास भएको छ । दैलेखस्थित भैरवी गाउँपालिका–३, छामघाटमा नेकपाको वडा कार्यालय उद्घाटन गर्न गएका उनलाई सोमबार स्थानीय युवाले आक्रमणको प्रयास गरेका हुन् ।

सांसदमाथि आक्रमणको प्रयास भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी नैनसिंह साउदले जानकारी दिए । उनका अनुसार सांसद थापालाई चोटपटक लागेको छैन । आफू कोरोना नियन्त्रणका लागि गाउँ गएका बेला कांग्रेसका कार्यकर्ताहरूले आक्रमणको प्रयास गरेको सांसद थापाले बताए । ‘म विशेषतः कोरोना नियन्त्रणका लागि गाउँ गएको थिए,’ उनले भने, ‘सोही समयमा पार्टीको वडा कार्यालय स्थापना गर्ने कार्यक्रममा कांग्रेस कार्यकर्ताहरूले अभद्र व्यवहार गरे ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार आक्रमणको प्रयास गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।