पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १५ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ३६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ५ जना महिला र १० जना पुरुष रहेको जानकारी दिनुभयो ।

मृतक महिलामा काठमाडौँकी ६१ वर्षीया, गोरखाकी ६३ वर्षीया, नवलपरासीका ६२ वर्षीया, पर्साकी ५५ वर्षीया, कपिलवस्तुकी ४७ वर्षीया रहेका छन् ।

पुरुषमा मोरङका २ जना ४० वर्षीय र ७० वर्षीय पुरुष,काठमाडौँका ५ पुरुष ७७ वर्षीय, ६२ वर्षीय, ७३ वर्षीय, ८५ वर्षीय, ७० वर्षीय रहेका छन् ।

त्यसैगरी ललितपुरका ५५ वर्षीय, भक्तपुरका ७३ वर्षीय र रामेछापका २३ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको हो ।