पार्टी निर्णय कार्यन्वयन, बामदेव गौतमलाई राष्ट्रिय सभा पठाउन सिफारिस

काठमाडौं । नेकपाको सचिवालय बैठकले गरेको निर्णय कार्यन्वयन गर्दै सरकारले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको एक मन्त्रीले बताए । तत्कालीन अर्थमन्त्री समेत रहेका डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिट खाली छ । अब राष्ट्रपति विद्यादेवी भण्डारीले रित्त रहेको राष्ट्रियसभा सदस्य पदमा गौतमलाई नियुक्त गर्नेछिन् ।
नेकपा सचिवालयको पछिल्लो बैठकमा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने निष्कर्ष सुनाएका थिए । तर त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकले निर्णय नगरेपछि शीर्ष नेताहरुले चासो देखाएका थिए । नेकपाको तनावपुर्ण बैठकलाई निष्कर्षमा पुर्याउन ६ बुँदे सहमति प्रस्ताव ल्याएर चर्चामा अएका उपाध्यक्ष गौतम अर्थ मन्त्री हुने चर्चा रहेको छ ।

प्रतिकृया दिनुहोस्