लामो दूरीका सवारी र आन्तरिक उडान असोज ५ गतेबाट खुलाउने सरकारको निर्णय

लामो दूरीका सवारी र आन्तरिक उडान असोज ५ गतेबाट खुलाउने सरकारको निर्णय
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको लकडाउनदेखि बन्द भएका आन्तरिक उडान र लामो दूरीका यातायातका साधन असोज ५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि लामो दूरीका गाडी र आन्तरिक हवाइ उडान सुरु गर्ने निर्णय गरेको एक मन्त्रीले नागरिकखबरलाई जानकारी दिए ।

एक मन्त्रीले भने, ‘स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात असोज ५ गतेदेखि सुरू गर्ने निर्णय भएको छ । यसको मापदण्डको छलफल हुन्छ । अहिलेलाई खुलाउने भन्ने निर्णय भएको छ ।’

मजदुर र यातायात ब्यबसायीले असाेज १ गतेबाट सवारी चलाउने चेतावनी दिएपछि आएकाे सरकारी निर्णयले यातायात ब्यबसायी र मजदुरलाई राहत पुग्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए ।