मेस्सी, रोनाल्डो र नेयमार सर्बाधिक कमाउने खेलाडी

मेस्सी, रोनाल्डो र नेयमार सर्बाधिक कमाउने खेलाडी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । अर्जेन्टिनाका खेलाडी तथा बार्सिलोनाका फरवार्ड लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाइ गर्ने खेलाडीहरुको सूचीमा मेसी शीर्ष स्थानमा रहेका हुन् ।

फोर्ब्सका अनुसार मेसीको वार्षिक कमाइ १२६ मिलियन अमेरिकी डलर रहेको छ । मेसीले युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोभन्दा ९ मिलियन बढी कमाउछन् । मेसीले पारिश्रमिकबाट ९२ मिलियन डलर र एन्डोरसमेन्टबाट ३४ मिलियन डलर कमाइ गरेका छन् ।

यस्तै रोनाल्डोले पारिश्रमिकबाट ७० मिलियन डलर र एनडोरसमेन्टबाट ४७ मिलियनसहित कूल ११७ मिलयन डलर कमाइ गरेका छन् । यस्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट खेल्ने फरवार्डद्वय नेमार र किलिएन एमबाप्पे क्रमश: तेस्रो र चौथो स्थानमा छन् । नेयमारको वार्षिक कमाइ ९६ मिलयन डलर र एमबाप्पेको ४२ मिलयन डलर रहेको छ ।

यस्तै प्रिमियर लिग क्लब लिभरपुलका मोहमम्द सालाह पाँचौ र म्यानचेष्टर युनाइटेडका पउल पोग्वा छैटौं स्थानमा छन् । बार्सिलोनाका एन्टोनी ग्रीजमन सातौं, रियल मड्रिडका गारेथ बेल आठौं, बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की नवौं र म्यानचेष्टर युनाइटेडका डेविड डे हेअ दशौं स्थानमा छन् ।

मोहम्मद सालाह- ३७ मिलियन,  पउल पोग्बा- ३४ मिलियन, एन्टोनी ग्रीजमन- ३३ मिलियन, गारेथ बेल- २९ मिलियन,  रोवर्ट लेवान्डोस्की- २८ मिलियन र डेविड डे हेअ- २७ मिलियन अमेरिकी डलर कमाई गरिरहेका छन् ।