June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

लुम्बिनी बौद्ध विश्वविद्यालयद्धारा भौतिक दुरी कायम गरेर परीक्षा शुरु

लुम्बिनी बौद्ध विश्वविद्यालयद्धारा भौतिक दुरी कायम गरेर परीक्षा शुरु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रुपन्देही  । लुम्बिनी बौद्ध विश्वविद्यालयले भने भौतिकदुरी कायम गरेर परीक्षा शुरु गरेको छ । तीन पटकसम्म स्थगित भएको परीक्षा शुरु भएपछि विद्यार्थी भने उत्साही भएका छन । स्वास्थ्य सावधानी अपनाएर आईतबारबाट विश्वविद्यालयले परीक्षा शुरु गरेको हो ।

विश्वविद्यालयले स्नातकोत्तर तह र स्नातक तहको परीक्षा शुरु गरेको छ । विद्यार्थीलाई पायक पर्ने स्थानमै केन्द्र तोकेर परीक्षा शुरु गरेको विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्यले बताए । विद्यार्थीको सेमेष्टर नोक्सान हुन नदिन विश्वविद्यालयले नमुना शैलीमा परीक्षा सञ्चालन गरिएको हो । विद्यार्थीको घर पायकमा परीक्षा केन्द्र तोक्ने क्रममा एक जना हुम्लाका विद्यार्थीका लागि समेत उतै केन्द्र तोकिएको छ । अन्य विश्वविद्यालयको परीक्षा सञ्चालन गर्ने सवालमा अन्यौल भइरहेको बेला चुनौतीका विच शैक्षिक कार्यक्रमलाई निरन्तरता दिन परीक्षा शुरु गरिएको रजिष्टार आचार्यले बताए ।

लुम्बिनी, काठमाण्डौं, कपिलवस्तु, नवलपरासी, बुटवल, अर्घाखाँची र हुम्लामा परीक्षा केन्द्र तोकिएको छ । स्नातकोत्तर तहमा भने अनलाईनमार्फत परीक्षा लिइएको हो । स्नातक तहका विद्यार्थीहरुले परीक्षा केन्द्रमै उपस्थित भएर परीक्षा दिएका छन् । हुम्लाका विद्यार्थी खड्क जैसीले मानसरोवर बहुमुखी क्याम्पसको केन्द्रबाट परीक्षा दिए । परीक्षा केन्द्राध्यक्ष बसन्त रोकायले एकै समया परीक्षा भएको बताए । हुम्लामा प्रश्नपत्र इमेलमार्फत पठाइएको थियो । उत्तरपुस्तिका समेत इमेलबाटै विश्वविद्यालयमा आएको छ ।

स्नातक तहमा कानून, बुद्धिज्म, भोट विषयमा परीक्षा शुरु भएको हो । स्नातकोत्तर तहमा म्युजोलोजी, आर्काेलोजी विषयको परीक्षा शुरु भएको छ । कानूनतर्फ मात्रै पहिलो समेष्टरका ८५ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

भदौं २८ बाट शुरु भएको परीक्ष असोज पहिलो सातासम्म चल्नेछ । बौद्ध विश्वविद्यालयले विए पहिलो सेमेष्टर, स्नातकोत्तर आर्काेजोलीको पहिलो समेष्टर, म्युजियोलोजीको पहिलो र तेस्रो, विएएलएलबीको पहिलो, विए भोट बुद्धिष्टको पहिलो समेष्टरको परीक्षा शुरु गरेको हो