प्रदेश १ मा एक सय ३८ संक्रमित थपिए, ६४ जना डिस्चार्ज

प्रदेश १ मा एक सय ३८ संक्रमित थपिए, ६४ जना डिस्चार्ज
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ  । कोरानो भाइरस (कोभिड १९ )का १ सय ३८ संक्रमित प्रदेश १ मा मंगलबार थपिँदा ६४ जना डिस्चार्ज भएका छन् । मोरङमा १ सय ८, सुनसरीमा २२, झापामा २, संखुवासभा, पाँचथर, ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिर ३ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७० जनामा संक्रमण देखिएका छ । संक्रमण देखिएकामा २८ महिला र ४२ जना पुरुष रहेका छन् । मोरङकै कटहरीमा ३ महिला ११ पुरुष,  बुढीगंगामा ६ महिला ६ पुरुष, सुन्दरहरैँचामा २ महिला १ पुरुष, पथरीशनिश्चरे र जहदामा २–२ पुरुष, रंगेली, उर्लाबारी र बेलबारीमा १–१ महिला, स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सुनसरीको दुहबीमा ३ महिला ११ पुरुष, धरानमा ३ महिला १ पुरुष, इटहरीमा २ पुरुष, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१ पुरुष, झापाको दमकमा १ पुरुष, मेचीनगरमा १ महिला, संखुवासभामा १ पुरुष, ताप्लेजुङका १ पुरुष, पाँचथरको फिदिमका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ६७ पुगेको छ ।

प्रदेश १ मा ६४ जना डिस्चार्ज भएका छन् । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ३८, बि.जेनरल अस्पताल हरिनगरबाट २३ र होमआइसोलेसनबाट ३ जना डिस्चार्ज भएका छन् । हालसम्म २ हजार १ सय ४२ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।