June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुने व्यक्ति धरान १७ का ७० बर्षीया वृद्ध छन् । उनको आज दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । योसँगै धरानमा मात्र मृत्यु हुने संक्रमितहरुको संख्या ७ पुगेको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतकलाई भदौ २७ गते अस्पताल भर्ना गरिएको थियो भने २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतकलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिन भएर उपचारको लागि अस्पताल लगिएको थियो । मृतकलाई उच्च रक्तचापको समस्या थियो भने सन् २००८ मा हृदयघात भएर स्टेन्ट पनि राखिएको प्रतिष्ठानले जनाएको छ ।