वीपी प्रतिष्ठानका उपकुलपतिलाई पनि कोरोना संक्रमण

वीपी प्रतिष्ठानका उपकुलपतिलाई पनि कोरोना संक्रमण
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई पनि कोरोना संक्रमण भएको छ । उपकुलपति डा.गिरी स्वयमले पिसिआर रिपोर्ट हिजो(सोमबार) राती पोजेटिभ आएको सार्वजनिक गरेका हुन् । उनले हिजो राती नै प्रतिष्ठानको आधिकारिक फेसबुक पेजमार्फत आफुलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका थिए । उनले सम्पुर्ण सुरक्षा उपायहरु अपनाइरहेको र दुई हप्ताको अन्तरालमा नियमित परिक्षण गर्दै गर्दै पनि कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् ।

                उपकुलपति गिरीलाई संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका छन् । उनलाई लक्षण पछि देखिएको छैन । प्रतिष्ठानको नीति निर्माण तथा दैनिक कार्यालयको काममा ब्यस्त रहदा आफुलाई संक्रमण भएको डा.गिरीको भनाई छ । उनले आफुसंग सम्पर्कमा आएका सबैलई पिसिआर परीक्षण गरेर सजगता अपनाउनु पनि अनुरोध गरेका छन् ।