सामुहिक बलात्कारको आरोपमा तीन जना पक्राउ

सामुहिक बलात्कारको आरोपमा तीन जना पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ओखलढुंगा। बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । चम्पादेवी गाउँपालिकाकी एक १६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा सोही गाउँपालिकाका तीन जना पक्राउ परेका हुन् ।

                बालिका पक्षले प्रहरीमा दिएको जाहेरीका आधारमा १४ र १६ वर्षका बालक सहित १८ वर्षका किशोरलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मिलन बस्नेतले बताए । उनिहरुले बालिकालाई भदौ २४ गते सामुहिक बलात्कार गरेको बालिका पक्षले दिएको जाहेरीमा उल्लेख गरिएको निरिक्षक बस्नेत बताए ।

                प्रहरी चौकी घोराखोरीको टोलीले आरोपित तिनै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका ल्याईएको बस्नेतले जानकारी दिए ।