कोराेना संक्रमित कांग्रेसका महामन्त्री डा. कोइराला अस्पतालमा भर्ना

कोराेना संक्रमित कांग्रेसका महामन्त्री डा. कोइराला अस्पतालमा भर्ना
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला ओम अस्पतालमा भर्ना भएका छन् । केहि दिन अगाडि उनलाई कोरोना संक्रमण भएको थियो। घरमै आराम गरिरहेका कोइरालालाई ज्वरो आएपछि ओम अस्पतालमा भर्ना गरिएको हो ।

मंगलबार साँझ कोइरालालाई १०३ डिग्री ज्वरो आएको र ज्वरो कम नभएपछि राति नै उनलाई ओम अस्पताल लगिएको थियो। अहिले उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।