सिरहा कारागारमा कोरोना जोखिम, कैदीबन्दी ५९७ जना, संक्रमित ५०९ जना

सिराहा । बुधबार २ सय ६१ जना कोरोना संक्रमित थपिएपछि जिल्ला कारागार सिरहामा संक्रमितको संख्या ५ सय ९ पुगेको छ । ५ सय ९७ जना मध्ये ५ सय ९ कैदीवन्दीमा संक्रमण पुष्टि भएपछि कारागार नै आइसोलेसन केन्द्र बनेको छ ।
कारागारकी निमित्त प्रमुख बबिता महतोका अनुसार संक्रमितहरूलाई अहिले कारागार कम्पाउन्डको अघिल्तिर बनाइएका तीनवटा कोठालाई आइसोलेसन बनाईएर राखिएको छ । करिब सबै कैदीवन्दी संक्रमित भएपछि कारागारलाई नै आइसोलेसन भएको निमित्त प्रमुख महत्तोले बताइन । पहिलोपटक साउन २५ र २६ गते चार जना कैदीबन्दीमा कोरोना पुष्टि भएको थियो । त्यसपछि एक सय जनाको पिसीआर परीक्षण गर्दा ७८ जना कोरोना पोजेटिभ पुष्टि भयो । त्यसपछि त कारागारभित्र संक्रमणको बाढी नै आयोे स्वास्थ्य कार्यालयका सिराहाका प्रमुख कृष्णदेव यादवले बताए ।
सानो ठाउँमा धेरैजना कैदी राखिएसँगै भौतिक दूरी कायम गर्न सकिएको छैन । पर्याप्त शौचालय र खुला ठाउँ नभएकाले सबै कैदीबन्दी एकअर्काको नजिकको सम्पर्कमा रहेकाले संक्रमण डढेलोसरी फैलिएको जेलर महतो बताइन ।

प्रतिकृया दिनुहोस्