पर्यटन ब्यबसायी खत्रीद्वारा गोरखाका स्थानीय तहमा टिएम र मास्क सहयोग

काठमाडौ । पर्यटन ब्यवशायी प्रेम खत्रीले गोरखाका स्थानीय तहहरुलाई चार हजार आठ सय थान कोरोना परीक्षण किट्स (भिटिएम) सहयोग गरेका छन् । गोरखा सदरमुकाममा बुधवार एक कार्यक्रमका बिच खत्रीले १० हजार थान मास्क सहित भिटिएम सहयोग गरेका हुन् । खत्रीले कांग्रेस सभापति हरिबहादुर घलेलाई र उनले जिल्ला समन्वय प्रमुख अशोककुमार गुरुङ मार्फत स्थानीय तहलाई भिटिएम हस्तान्तरण गरेका कांग्रेस जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले बताए
गोरखा नगरपालिकालाई नौ सय थान, चुमनुब्रीलाई दुई सय, धार्चे तीन सय, आरुघाट पाँच सय, भिमसेन चार सय, शहिदलखन चार सय, गण्डकी पाँच सय, पालुङटार चार सय, सिरानचोक चार सय, बारपाक सुलिकोट चार सय र अजिरकोट गाउँपालिकालाई चार सय थान मास्क सहयोग गरिएको उनले बताए । कोभिड १९ बाट सर्वसाधारण नागरिकलाई बचाउन र सचेतना जगाउन कांग्रेस जिल्ला पार्टीले स्थानी तह, प्रशासन, सहयोगी ब्यक्तिहरुसँगको समन्वयमा काम गरिरहेको सचिव न्यौपानेले बताए ।
‘मास्क २५ हजार दिने योजना हो, बाँकी केही दिनमा आउँछ’ पर्यटन ब्यवशायी खत्रीले भने । उक्त सामग्री १३ लाख ९० हजार रुपैयाँ बरावरको रहेको छ ।

प्रतिकृया दिनुहोस्