भोली असोज १ देखि सवारी चल्दै, १७५ दिनपछि खुल्यो लामो दुरीका सवारी

भोली असोज १ देखि सवारी चल्दै, १७५ दिनपछि खुल्यो लामो दुरीका सवारी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । यातायात व्यवसायी र मजदुरहरु भोलि असोज १ गतेबाटै लामो दुरीमा सार्वजनिक सवारी चलाउन सहमत भएका छन् । विहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवसायीले सरकारको स्पष्ट स्वास्थ्य मापदण्ड अप्नाएर यातायात चलाउने तयारी गरेका हुन् ।

            यातायात सेवा चलाउन सहमत भएका ब्यबसायी मजदुर संगठनले बुधबार प्रेस विज्ञप्ती प्रकासित गरेर सरकारलाई धन्यबाद समेत दिएको छ । नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघका अध्यक्ष योग्न्द्रनाथ कर्मचार्य, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष रामचन्द्र कार्कीद्वारा हस्तक्षर गरी जारी गरेको विज्ञप्तीमा स्वास्थ्यका सबै मापदण्ड अप्नाएर सवारी चलाउने उल्लेख छ ।

      सवारी चालक, सहचालक, परिचालक र बुकिङ कर्मचारीले अनिबार्य रुपमा माक्स, स्यानिटाइजर, फेस भाइजर र पन्जा प्रयोग गर्ने र भौतिक दुरी कायम गरी यात्रुलाई सेवा दिन विज्ञप्तीमा अनुरोध गरेका छन् । त्यस्तै लामो र छोटो दुरीको गाडीमा ५० प्रतिसत मात्रै यात्रु चढाउने र साबिकको भाडामा ५० प्रतिसत बढी भाडा उठाउन अनुरोध गरेको छ । त्यस्तै कोरोना बीमा गर्न बाँकी रहेका सबै श्रमिकको यातायात ब्यबसायी कम्पानीले गर्ने सहमति समेत भएको विज्ञप्तीमा उल्लेख छ । सोमबारको मन्त्री परिषद बैठकले ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी लामो दुरीमा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको थियो । एक लाइनको सिटमा एक जना मात्रै यात्रु बस्ने गरी सेवा दिनुपर्ने सरकारको शर्त छ ।

बैठकमा मन्त्री बसन्त नेम्वाङले व्यवसायीको मागअनुसार नै सबै दुरीका सार्वजनिक सवारी खोलिएकाले सरकारले तोकेका मापदण्ड पालना गरेर सेवामा जान आग्रह गरे ।

      नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राई विहान विश्वकर्मा पूजा गरेर सेवा सुरु गर्ने बताउँछन् । भोलि सवारीधनी र मजदुरको लागि विशेष दिन भएकाले यस्तो अवसरमा सेवा थाल्न पाएको खुसी व्यक्त गरे ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारले तोकेबमोजिमको मापदण्डमा सेवा दिन आफूहरु तयार रहेको र व्यवसायी र मजदुरले मापदण्ड पालना भए नभएको अनुगमन गर्ने संयन्त्र पनि तयार राख्न सरकारलाई आग्रह गरेका छन् ।