June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

घाइते क्रिकेटर ललित भण्डारीको उपचारमा राखेपले सहयोग गर्ने

घाइते क्रिकेटर ललित भण्डारीको उपचारमा राखेपले सहयोग गर्ने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । दुर्घटनामा परी घाइते भएका नेपाली राष्ट्रिय टोलीका सदस्य ललितसिंह भण्डारीको उपचारमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सहयोग गर्ने भएको छ।  

ललितको स्वास्थ्य अवस्थाबारे जानकारी लिन टोखास्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा पुगेका राखेप सदस्यसचिव रमेशकुमार सिलवालले उनको परिवारसँग उपचारका सम्बन्धमा चिन्ता नगर्न बताउँदै उपचारमा परिषद्ले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। सो अवसरमा नेपाल क्रिकेट संघका सदस्य छुम्बी लामा, राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्का पनि उपस्थित थिए।

गत आइतबार झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। बायाँहाते तीव्र गतिका बलर ललित टोखास्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचाररत छन्।