विश्वभरका इलामेली भर्चुअलमा जोडिने

इलाम । जिल्लाको समृद्धि र आपसमा भाइचारा स्थापित गर्न इलाम घर भइ विभिन्न मुलुकमा बसोबास गरिरहेका फरक पेसा, व्यवसाय र सेवामा आबद्ध व्यक्तिबीच ‘भर्चुअल’ भेला आयोजना गरिँदैछ ।
विश्वभर छरिएका इलामेको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्दै स्रोत परिचालन गर्न भर्चुअल माध्यमबाट भेला आयोजना गर्न लागिएको हो । आउँदो असोज ३ गते साँझ साढे ५ बजेका लागि भेला आयोजना गर्ने निश्चित भएको जिल्ला समन्वय समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । समन्वय समिति प्रमुख एवं भेला आयोजक समिति संयोजक गणेशप्रसाद बरालले जिल्लाको समृद्धि र विकासमा विश्वभर छरिएका इलामेको साथ जुटाउन यो प्रयास थालिएको हो ।
भेलामा गृहजिल्ला इलाम नै भएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ, पूर्वमन्त्री कुलबहादुर गुरुङ, प्रदेशका मन्त्री, राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा सदस्यहरूलगायत सबै क्षेत्रका व्यक्तिको सहभागिता रहनेछ । विश्वका विभिन्न क्षेत्रमा कहलिएका, माथिल्लो ओहोदामा पुगेका इलामेसमेत भेलामा सहभागी हुने आयोजकले जनाएको छ । भेलामा खेमराज नेपाल र नरेन्द्र गुरुङले कार्यपत्र प्रस्तुत गर्नेछन् । भर्चुअल माध्यममा प्राविधिक हिसाबले निश्चित संख्याका सदस्यमात्र जोडिन सक्ने भएकाले प्रतिनिधिमूलक रूपमा सहभागिता रहनेछ ।
इलामको विभिन्न क्षेत्रमा लगानी भिœयाउन, पर्यटन प्रवद्र्धन र आपसी भाइचारा स्थापित गर्न भेलाले सहयोग पु¥याउने विश्वास राखिएको उनले बताए ।

प्रतिकृया दिनुहोस्