वन फँडानी गरेको आरोपमा ३ पक्राउ

वन फँडानी गरेको आरोपमा ३ पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । उदयपुर प्रहरीले वन फँडानी गरेको आरोपमा ३ युवालाई पक्राउ गरेको छ । जिल्लाभित्रका प्राकृतिक स्रोतसाधनको उत्खनन तथा चोरी निकासी र बिक्री वितरण गर्नमा रोक लगाउने अभियान अन्तरगत जिल्लाभरी सतर्कता अपनाउने क्रममा बेलका नगरपालिकामा अवैध काठ काटिरहेको भेटिएका स्थानीय ३ युवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

                स्थानीय एक सामुदायिक वन उपभोक्ता समूहबाट अवैध रुपमा काठ काट्ने काम भईरहेको भन्ने सुराकीका आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटेको टोलीले बुधबार दिउँसो बेलका नगरपालिका ९ कमलाबारीका ३० वर्षीय दीपेन्द्र राई, ३५ वर्षीय अर्जुन राई र २२ वर्षीय राकेश राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । टोलीले उनीहरुलाई जंगलबाटै रंगेहात भेटेर पक्राउ गरेको हो ।

                सखुवा जातको काठ काट्दै गरेको अवस्थामा पक्राउ परेका तीनैजनालाई इप्रका रामपुरमा ल्याई आवश्यक अनुसन्धान गरी थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय गाईघाटको जिम्मा दिएको जनाएको छ । उनीहरुलाई वन कार्यालयको हिरासतमा राखेर वन ऐन अनुसार कारबाही गर्ने प्रक्रिया अघि बढाइएको डिभिजन वन कार्यालय गाईघाटले जनाएको छ ।