दिप्रुङमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने तयारी

दिप्रुङमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने तयारी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खोटाङ । कोभिड–१९ को महामारीलाई लक्ष्यीत गर्दै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ । कोरोना भाइरसको संक्रमण दर फैलिरहेको अवस्थामा भयवह अवस्था आएमा नागरिकको सहज उपचार व्यवस्थापनका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा स्वास्थ्यचौकीमा ५ शैयाको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने तयारी गरिएको हो । बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले आगामी दशैंसम्ममा स्वास्थ्यचौकीको नयाँ भवनमा कोभिड–१९ सम्वन्धी अस्पताल सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

अस्थायी कोभिड अस्पताल निर्माणका लागि संघीय सरकारले उपलव्ध गराएको १० लाख र गाउँपालिकाले अस्पताल व्यवस्थापनका लागि बिनियोजन गरेको ३५ लाख बजेटबाट कोभिड अस्पताल सञ्चालन गर्न लागिएको हो । अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि गाउँपालिकाले एक जना एमबिबिएस डाक्टर, २ जना स्टाफ नर्स, १ जना ल्याब असिस्टेन्ट र कार्यालय सहयोगी नियुक्त गर्ने तयारी गरेको छ । दशैं र तिहार जस्ता चाडवाड नजिकीदै गरेको तथा असोज १ गतेदेखि सरकारले अन्तरजिल्ला यातायात सञ्चालन गर्न दिने निर्णय गरेसँगै समुदायस्तरमा कोरोना संक्रमण फैलने खतरा बढेकाले अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

गाउँपालिकामा कोरोना संक्रमित भेटिएमा उपचारका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता अन्त्यका अस्थायी कोभिड अस्पतालको अवधारणा अघि सारिएको गाउँपालिकाले जनाएको छ ।