लकडाउन हटाउन माग गर्दै पोखरामा प्रदर्शन

लकडाउन हटाउन माग गर्दै  पोखरामा प्रदर्शन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा । ‘लकडाउन हटाऔं, जनजीवन समान्य बनाऔं’ भन्दै पोखरामा विहीबार प्रदर्शन भएको छ । फाईट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट पोखराको आयोजनामा विहीबार विहान लकडाउन, निषेधाज्ञा, शिललगायतका कार्य तत्काल बन्द गरी सामान्य जनजीवन  बनाउन माग गर्दै पोखराको चिप्लेढुंगामा शान्तिपूर्ण प्रदर्शन भएको हो ।

रोगका कारण भन्दापनि भोकका कारण मर्ने दिन आउन लागेको भन्दै उनीहरुले अब करीब ६ महिना लामो लकडाउन, निषेधाज्ञा, शिललगायतका कार्य रोक्न माग गरे । साथै उनीहरुले बन्द उद्योग, कलकारखाना, बजार, शैक्षिक संस्था, चलचित्र हल, जिम, ब्यूटी पार्लर, होटल, रेष्टुरेण्ट, ब्यूटीपार्लर, शैलुनलगायतका सम्पूर्ण क्षेत्र खुल्ला माग गरेका छन् ।

प्रदर्शनकारीहरुले पिसीआर परिक्षण बन्द गर्नपनि माग गरेका छन् । कोरोना पत्ता लगाउन गरिने पिसीआर जाँच भरपर्दो र विश्वासिलो नभएको भन्दै सो पिसीआर जाँच तत्काल बन्द गर्न माग गरे । पिसीआर जाँच अथन्टिक भएन, फाईट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट पोखराका संयोजक राजु कायस्थले भने,‘एउटै व्यक्तिको रिपोर्ट कहिले पोजिटिभ त कहिले नेगेटिभ देखाउने पिसीआर जाँच कुनै भरपर्दो भएन, यो जाँच तत्काल बन्द गर्नुपर्छ ।’ संयोजक कायस्थले बन्द रहेका उद्योग, कलकारखानादेखि शैक्षिक संस्थालगायत नखोल्ने हो भने अर्थतन्त्र धरासयी हुने चेतावनी दिए ।