बालिका बलात्कार गर्ने अभियुक्तलाई १२ वर्ष कैद

बालिका बलात्कार गर्ने अभियुक्तलाई १२ वर्ष कैद
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । बालिका बलात्कार आरोपमा पक्राउ उदयपुरका एक युवा १२ वर्ष कैद सजायको भागीदार भएका छन् । जिल्ला अदालत उदयपुरको मंगलबार बसेको इजालसले बालिका बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रौतामाई गाउँपालिका– ३ का २४ वर्षीय भविन्द्र राईलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको हो ।

                जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले ११ वर्षीया बालिकामाथि बलात्कार अभियोगमा राईलाई दोषी ठहर गर्दै ५ हजार क्षतिपूर्तिसमेत भराउने फैसला गरेको छ । बालिका बलात्कार अभियोगमा राई गत २०७६ कात्तिक १४ गते पक्राउ परेका थिए । उनीमाथि कात्तिक ८ गते राति सुतिरहेकी बालिकालाई बलात्कार गरेको अभियोग लागेको थियो । पीडितका आफन्तले बालिकामाथि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरमा दिएको उजुरीका आधारमा पक्राउ गरी जवरजस्ती करणीे अभियोगमा मुद्धा चलाएको थियो ।