प्याजको कालोबजारी गर्ने तीन गोदाम सिल र तीन पक्राउ

प्याजको कालोबजारी गर्ने तीन गोदाम सिल र  तीन पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिराहा । भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै प्याजको कृत्रिम अभाव र कालोबजारी शुरु भएको छ । भारतले भदौ २९ देखि प्याज निर्यात रोकेलगदै कृत्रिम अभाव गरेर काललोबजारी सुरु गरेको सूचनापछि सिरहाका प्रशासनले तीन वटा गोदाम सिल गरेर संचालकलाई पक्राउ गरेको छ ।

सिरहाको गोलबजार, मिर्चैया र लहान बजारका तीन वटा प्याज  गोदामबाट प्याज कालोबजारी भइरहेको सूचनाका आधारमा इलाका प्रशासन कार्यालय लहान सिरहा र जिल्ला प्रहरी कार्यालय सिरहाले व्यापार संघका प्रतिनिधिसहित अनुगमन गर्दा विक्री वितरणका लागि राखिएको साढे सात हजार किलो प्याजसहित गोलम सञ्चालकलाई पक्राउ गरेको हो ।

अनुगमन टोलीले प्याजमा कालोबजारी गरेको आरोपमा गोलबजार नगरपालिका–४ स्थित जयलक्ष्मी सब्जी भण्डारका सञ्चालक मिर्चैया नगरपालिका–५ का ४४ वर्षीय उमेशप्रसाद साह, मिर्चैया नगरपालिका–५ स्थित जयमाता दी सब्जी भण्डारका सञ्चालक विनोदकुमार साह र लहान नगरपालिका–३ स्थित गंगा ट्रेडर्सका सञ्चालक रामनारायण नायकलाई पक्राउ गरेको सिरहा प्रहरी प्रमुख एसपी उमाशंकर पंजीयारले बताए ।