May 14, 2022, Saturday
२०७९ बैशाख ३१, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

गण्डकी प्रदेशमा डेंगु र स्क्रबटाइफसका बिरामी बढे

गण्डकी प्रदेशमा डेंगु र स्क्रबटाइफसका बिरामी बढे
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म्याग्दी । गण्डकी प्रदेशका ११ जिल्लामा सबैभन्दा धेरै डेंगु र स्क्रबटाइफसका बिरामी म्याग्दीमा भेटिएका छन् । गएको बैशाख महिना यता म्याग्दीमा  डेङ्गुका ६४ र स्क्रबटाइफसका ४३ बिरामी फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । गतबर्ष म्याग्दीमा १२ जनामा डेंगु र एक बिरामीमा स्क्रबटाइफसको बिरामी भेटिएका थियो । यसबर्ष हरेक महिना बिरामीको संख्या देखिन थालेपछि म्याग्दीमा जोखिम बढेको छ । प्रदेशमा म्याग्दीपछि सबैभन्दा धेरै कास्कीमा २०, लमजुङमा १०, स्याङ्जामा चार, नवलपरासीमा तीन, बागलुङमा दुई, पर्वत र गोरखामा एक–एक जना डेङ्गुका बिरामी भेटिएको स्वास्थ्य निर्देशनालयका दिवाकर शर्माले जानकारी दिए ।

मुसामा हुने किर्नाबाट सर्ने स्क्रब टाइफस परजीवीको संक्रमणबाट क्रब टाइफस र एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने गरेको छ । मुसामा हुने परजीवीलाई एक प्रकारको माइट जातिको सूक्ष्म किराको माध्यामले स्क्रब टाइफस मानिसमा सर्ने भएकाले म्याग्दी क्रब टाइफसको उच्च जोखिममा समेत रहेको छ । दैनिकजसो नै बिरामी भेटिन थालेका छन्, । ट्राभल हिस्ट्री नभएका ग्रामिण क्षेत्रमा बस्नेमा धेरै देखिएको डा. नवराज बस्ताकोटीले बताए ।